गृहपृष्ठ नेपाल सुपर लिग : एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिए
नेपाल सुपर लिग : एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् । बिहीबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १–१ गोलको बराबरीमा रोकिएका हुन् । १-० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन समिर बिनोंगले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बुटवल लुम्बिनीलाई हारबाट जोगाएका थिए ।
यसअघि एफसी चितवनका लागि खेलको ४८औं मिनेटमा उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् । यो खेलपछि एफसी चितवनको ४ खेलमा ५ अंक भएको छ भने बुटवल लुम्बिनीको ४ खेलमा ४ अंक भएको छ । अब एनएसएल अन्तर्गत शुक्रबार बीरगन्ज युनाइटेड र झापा एससीबीच खेल हुदै छ ।





