२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ मौसम अपडेट : देशभरको आजको मौसम यस्तो रहने ?

मौसम अपडेट : देशभरको आजको मौसम यस्तो रहने ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण आइतबार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू-भागमा पनि आंशिक बदली रहने छ ।

पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा सम्भावना पनि छ । हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

राति पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सोमबार पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार