गृहपृष्ठ मौसम अपडेट : हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसम ?
मौसम अपडेट : हेर्नुहोस् कस्तो रहनेछ आज देशभरको मौसम ?
काठमाडौँ । भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावका कारण नेपालमा सामान्य प्रभाव परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।






