२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ लोरियन्ट पीएसजीसंग ५-१ गोल अन्तरले पराजित

लोरियन्ट पीएसजीसंग ५-१ गोल अन्तरले पराजित

काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरियन्टलाई ५-१ गोल अन्तरले हराएको छ।

आइतबार राति भएको खेलमा पीएसजीका लागि नेयमार र केलियन एमबाप्पेले दुई-दुई गोल गरे । लियोनल मेस्सीको नाममा एक गोल रह्यो । नेयमारले खेलको १२औं र ९०औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

एमबाप्पेले २८औं र ६७औं मिनेटमा गोल गर्दा मेस्सीले ७३औं मिनेटमा गोल गरेका थिए।

खेलको ५६औं मिनेटमा लोरियन्टका टेरेम मोफीले एक गोल गरेका थिए ।

यस जितसँगै ३० खेलमा ६८ अंक जोडेको पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।

लोरियन्ट २८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार