२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आजको देशभरको मौसमी अवस्था

मौसम अपडेट : यस्तो रहनेछ आजको देशभरको मौसमी अवस्था

काठमाडौँ । मध्य पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशभरको मौसममा बदली आएको छ। लगातारको वर्षा अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाखाशाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ । हाल प्रदेश १ मधेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै भोलि र पर्सि पनि पश्चिमी भेगमा भारी वर्षा र बाँकी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार