गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसम
मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसम
काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ। दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको आलकन महाशाखाले गरेको छ। मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ। राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।





