गृहपृष्ठ मेयर चौधरीको छोराको पौडी खेल्ने क्रममा मृ’त्यु’
मेयर चौधरीको छोराको पौडी खेल्ने क्रममा मृ’त्यु’
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई आज पुत्रशोक परेको छ ।
मेयर चौधरीको अन्दाजी २५/२६ वर्षिय छोरा मनोज चौधरीको शनिबार पिकनिक गएको र नजिकैको खोलामा मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । चौदण्डीगढी नगरपालिकाको देवधारमा पिकनिक गएकोमा पिकनिकको क्रममा पौडी खेल्दा डुबेका थिए ।
डुबेका उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको त्रियुगा नगरपालिकाकाका सुचना अधिकृत विश्व जित राईले बताउनुभयो ।
मृतक मनोज भेटेनरी डाक्टर रहेको र निजको मृत्युले अत्यन्तै दुख लागेको समेत राइले बताउनुभयो।





