गृहपृष्ठ ‘ओखर काँचो छ’ गीत बजारमा लिएर आए विजय अर्याल (भिडियोसहित)
‘ओखर काँचो छ’ गीत बजारमा लिएर आए विजय अर्याल (भिडियोसहित)
गायक तथा सर्जक विजय अर्याल र गायिका सन्ध्या आचार्यको स्वरमा रहेको लोकदोहोरी गीत ‘ओखर काँचो छ’को भिडियो सार्वजनिक भएको छ । विजयकै लय र शब्द रहेको गीत ‘यूनिक मुभिज बुटवल’ नामक युट्युब च्यान्नल मार्फत सार्वजनिक गरिएको छ उक्त गीतको दृश्य निर्माण पनि यूनिक मुभिज बुटवलले गरेको हो |
विजय पोख्रेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा राज के.सी र सुनिता पोख्रेल मोडलिंग गरेका छन् । सुनिता पोख्रेलको नृत्य निर्देशन तथा विनोद चौधरीको छायाँकन र सम्पादन रहेको छ |





