गृहपृष्ठ कानुन लिएर आए तिलक अधिकारी
कानुन लिएर आए तिलक अधिकारी
शैक्षिक क्षेत्रमा लामो अनुभब संगालीरहेका केहिसमय अघि बुटबलको छिमेकी एफ.एम.का प्रस्तोता तथा साहित्यिक क्षेत्रमा समेत कलम चलाउने तिलक अधिकारी अब अभिनय क्षेत्रमा कानून गितबाट उदाएका छन् रेडियो स्काई लोकआईडलले सुम्पीएको कानून गीतमा उनि हिरोको भूमिकामा देखिएका छन् भने उनलाई साथ दिएकी छन् पोखराकी कुसुम खड्काले । उनको अर्घाखाँची मालारानी जन्मघर भई हाल रुपन्देही सैनामैना रानिबगियामा स्थायी बसोबास रहेको छ ।
नेपाली गीत संगीतमा कलाकारहरुको पीडा र गाउँले मायामा रमेका जोडी सहरमा कसरी फसिन्छन् भन्ने गहन शन्देश बोकेको यो गीतले पर्दापछाडीको यथार्थता चित्रण गरेको छ । बुटवल वारिपरिका रमणीय ठाउँमा अनीश खड्का द्वारा छायांकन-सम्पादन भएको उक्त गीतमा निर्देशन राजु महोत्राले गरेका छन् भने संगीत गणेश अधिकारीले भरेका छन् । पार्वती आचार्य र अमित नेपालीले दिएको स्वर मालाश्री स्टूडियो काठमाण्डौमा रेकर्ड गरिएको हो । जसलाई बिहानी फिल्मस् को अफिसियल यूटूब च्यानलबाट आएको उक्त गितको बजार ब्यबस्थापन सप्तक तथा स्वाभिमान क्रियशनले गरेको छ ।





