गृहपृष्ठ नेपाल जेसिजको ” राष्ट्रिय महाधिवेशन ” पौष १ देखि ४ सम्म रुपन्देहीमा हुने, उत्कृष्ट युवा तयार गर्ने अभियान जारी रहेको राष्ट्रिय अध्यक्षको भनाई ।
नेपाल जेसिजको ” राष्ट्रिय महाधिवेशन ” पौष १ देखि ४ सम्म रुपन्देहीमा हुने, उत्कृष्ट युवा तयार गर्ने अभियान जारी रहेको राष्ट्रिय अध्यक्षको भनाई ।
नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
राष्ट्रिय अध्यक्ष अशोक शंकरले कोविडको वर्तमान परिस्थितिमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन अनुरुप सम्मेलन सम्पन्न गर्ने तयारी रहेको जानकारी दिनुभयो । विगतका महाधिवेशनमा विभिन्न शाखाहरुबाट झण्डै ३ हजार प्रतिनिधिहरुको उपस्थिति रहने गरेकोमा विषम परिस्थितिले गर्दा ३०० जनाको स्वीकृति लिई महाधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो । वर्तमान राष्ट्रिय पदाधिकारीहरु, देशभरका शाखा अध्यक्षहरु, मनोनित पदाधिकारीहरु, पुर्व राष्ट्रिय अध्यक्षहरु, उम्मेदवार र केही आवश्यक व्यक्ती मात्रैको सहभागिता हुनसक्ने बताइएको छ । २०२१को बोर्डको निम्ति हुने भोटिङको लागि भने अनलाइनबाट मतदान गर्ने व्यावस्था मिलाउने अथवा मतदान गर्ने दिनको लागि क्षेत्रगत रूपमा सामाजिक दुरी कायम गरेर मतदान गर्न सकिने वयवस्था मिलाउने प्रयासमा रहेको जानकारी दिईयो । अर्को विकल्पको रूपमा विशेष साधारणसभा सभा द्वारा समेत अर्को वर्षको निम्ति बोर्डको चयन हुनसक्ने आशय अध्यक्ष शंकरले व्यक्त गर्नुभयो । युवाहरूलाई विभिन्न अवसर प्रदान गरि उत्कृष्ट, सकारात्मक र नेतृत्वदायी युवा तयार गर्नु सम्मेलनको उदेश्य हो वहाँले बताउनुभयो ।
भलवारी जेसिजको आथित्यतामा सम्पन्न हुन लागेको महाधिवेशन २०७७ पुष १ देखि ४ गते सम्म, होटल बोधिभिल्लामा सम्पन्न हुने कुरा सम्मेलन निर्देशक प्रकाश पोखरेलले जानकारी दिनुभयो । निर्देशक पोखरेलले कोविडको यस्तै अवस्था रहेको खण्डमा २ दिन अघिको pcr रिपोर्ट लिएर मात्रै सम्मेलनमा सहभागी हुन सकिने व्यवस्था मिलाईनेछ ।
भलवारी जेसिजका पुर्व अध्यक्ष एवम् राष्ट्रिय उपाध्यक्ष गोविन्द पङेनीले रुपन्देही जिल्लाको पहिचान र लुम्बिनीको प्रचारको लागि यो सम्मेलन महत्त्वपूर्ण हुने कुरा बताउनुभयो ।
नेपाल जेसिज युवाहरूको नेतृत्वविकासका लागि विश्व कै अग्रणी संस्था जेसिआई बाट सम्बन्धन प्राप्त संस्था हो ।






