गृहपृष्ठ नेपाली साहित्यमा नयाँ आयाम ‘ उदक ‘
नेपाली साहित्यमा नयाँ आयाम ‘ उदक ‘
आर्त अकुलीनका पाँच ‘ उदक ‘
१. किसान
खेतमा पसिना
सुनौलो धानको बाला !
२. कुसुम
गाउँ सहर
कहर हटाउने रहर !
३.गहिरो
वन बिनास
बादल वर्षा पहिरो !
४.आँगन
कुकुर बिराला
छिमेकीको गिद्धे दृष्टि !
५.गगन
मेघ गर्जन
मन भरि जलन !
‘ उदक ‘ बारे छोटो जानकारी : –
* ‘उदक’ नेपाली साहित्यमा कविताको उप-विधा,
* ‘उदक’ मा पहिलो, दोस्रो र तेस्रो पङ्क्तिको प्रयोग,
* तीन पङ्क्तिमा क्रमश: एक, दुई र तीन शब्द प्रयोग,
* तीन पङ्क्तिले आदि, मध्य र अन्त्यको कार्य सम्पन्न गर्ने,
* यसमा ऋतु वा प्रकृति बोधक शब्दको प्रयोग सान्दर्भिक !
– आर्त अकुलीन
हामी ‘ उदक ‘ बारे अझै बिस्तृत जानकारी प्रकासन गर्दै जानेछौ |





