२०८३ असार २१ गते आइतवार | July 05, 2026

गजल

छाप्रोपनि कुनै दिन महल हुनेछ ।

पर्खअब तिम्रोलागि पहल हुनेछ ।।

 

चोखो हाम्रो मायाप्रेम देखेपछि फेरि,

भगवानपनि साँच्चिकै कमसल हुनेछ ।।

 

जस्ले छुटाउन खोज्दैछ नी हामीलाई

उसैलाई त एकचोटी अलमल हुनेछ ।।

 

दियोबाती बने तिमी म तेल बनुला,

समग्रमा हाम्रो जीवन झलमल हुनेछ ।।

 

बुझिनौ भने दिलले दिलको कुरा अब,

छुट्टै तिम्रो “सुरेन्द्र”सङ्ग  छलफल हुनेछ ।।

सम्बन्धित भिडियो : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार