२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ तिलोत्तमा ब्यापार संघको VCTS एवम कर निती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

तिलोत्तमा ब्यापार संघको VCTS एवम कर निती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

राजस्व अनुसन्धान कार्यालय बुटवल तथा तिलोत्तमा चेम्बर अफ कमर्सको संयूक्त आयोजनामा VCTS एवं कर निती सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।  राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत राजन कुमार बि.सी.,सूचना अधिकारी धनिश्वोर अर्याल, ब्यापार संघका पदाधिकारी,ब्यापारी, सुरक्षा निकाय लगायतको उपस्थितिमा सो  कार्यक्रम सम्पन्न भएको ब्यापार संघले जनाएको छ ।

 

कार्यक्रममा ब्यापार क्षेत्र भित्रको कर तथा कर नीति र भिसीटिएस का बारेमा जानकारी गराइएको थियो।  अन्तरक्रियामा सहभागीहरुले परिमार्जित कर नीति र समग्र ब्यापार नीतिका बिषयमा जिज्ञासा राख्नुभएको थियो।  कार्यक्रममा बोल्दै ब्यापार संघका अध्यक्ष जेपी कंडेलले ब्यापारीहरुमा कर तिर्ने बानीको बिकाश र खरिद बिक्रि प्रक्रियालाई सहज बनाउन व्यवसायमा भएका जिज्ञासाहरुलाई मेट्ने प्रयास गरिएको र सो कार्यमा सहयोगी बनेको राजस्व अनुसन्धान कार्यालय बुटवललाई धन्यबाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा आएका जिज्ञासाहरुलाई राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत राजन कुमार बि.सी.,सूचना अधिकारी धनिश्वोर अर्यालले सहजीकरण गर्नुभएको थियो ।

@tilottamacitynews

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार