२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ मोटरसाईकल दुर्घटना हुँदा पुर्वी नवलपरासीमा एक जनाको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा पुर्वी नवलपरासीमा एक जनाको मृत्यु

पुर्वी नवलपरासीको कावासोतीमा गएराती भएको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ११ पिठौली स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु ६ प ४०३७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टिँदा सोहि ठाउँका बर्ष ५१ का दिल बहादुर बराम गम्भिर घाईते भएका छन् ।

बरामको टाउकोमा गहिरो चोट लागेकोमा उपचारका लागि पुरानो मेडिकल कलेज चितवनको भरतपुरमा लागिएको तर अस्पताल पुर्याउदा चिकित्सकहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वका सुचना अधिकारी मोहन बहादुर खाँडले जानकारी दिनुभएको छ । मोटरसाईकल पछाडि सवार रहेका वडा नम्बर १२ बस्ने बर्ष २५ कि सिमा महतोको भने पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार