गृहपृष्ठ खुशीको खबर : महिला लघुवित्तको IPO मा आवेदन दिने म्याद थपियो, हेर्नुहोस कहिले सम्म आवेदन दिन मिल्छ ?
खुशीको खबर : महिला लघुवित्तको IPO मा आवेदन दिने म्याद थपियो, हेर्नुहोस कहिले सम्म आवेदन दिन मिल्छ ?
महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिन एकदिन म्याद थप गरेकाे छ । संस्थाले निष्कासन तथा बिक्रि खुल्ला गरेको ४ लाख कित्ता आईपीओमा भोली ‘बुधबार’सम्म आवेदन दिन सकिने भएको हाे ।
माघ ३० गतेदेखि निष्कासन तथा बिक्रि खुल्ला गरेको आईपीओमा फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको थियो ।
कम्पनीले माघ ३० गतेबाट बिक्री खुला गरेको भए पनि एक दिन सरकारले दिएको सार्वजनिक बिदालाई चार दिन भित्र गणना गरेको छैन् । कम्पनीले सुरुमा फागुन ४ गतेसम्म बिक्री खुला गर्ने सूचना जारी गरेको थियो । पछि उक्त दिन सार्वजनिक विदा परेकाले बुधबारसम्म बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।
स्रोत : आहा खबर





