गृहपृष्ठ आज धेरैको खातामा हुँदै नभएको शेयर बिक्री , कतै तपाइको पनि यस्तो भएन ? हेर्नुहोस
आज धेरैको खातामा हुँदै नभएको शेयर बिक्री , कतै तपाइको पनि यस्तो भएन ? हेर्नुहोस
शेयर हुदै नभएको कम्पनीको शेयर इडीआइएस गर्न मेरो शेयरमा देखिएको छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयर इडीआइएस गर्न अधिकाँश लगानीकर्ताहरुको मेरो शेयरमा देखिएको हो ।
‘मेरो शेयरको सिष्टममा प्रविधिक समस्या देखिएपछि त्यस्तो त्रुटि देखिएको हो । हामी त्यसलाई तत्काल समधान गर्न लागि रहेका छौं ।’ सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले भने । अहिले मेरो शेयरकाे सर्भर डाउन गरेर काम भैरहेको उनले जानकारी गराए ।
बिहिबारको बजार बन्द भएपछि अधिकाँस लगानीकर्ताहरुको मेरो शेयरमा इडीआइएस गर्न एनसीसी बैंकको १५० कित्ता शेयर देखिएको छ ।






