गृहपृष्ठ ८ करोडको आईपीओ आजबाट निष्कासन, कति दिने आवेदन हेर्नुहोस
८ करोडको आईपीओ आजबाट निष्कासन, कति दिने आवेदन हेर्नुहोस
आजबाट रुरु जलविद्युत् परियोजना लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
गत हप्ता प्राथमिक शेयर (आईपीओ) शेयर निष्कासन गर्न अनुमति पाएको रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ गते अर्थात आजबाट आईपीओ निष्कासन गर्ने भएको हो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ। रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको पाएको थियो ।
त्यस्तै पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ ।
त्यसैगरी यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन।
त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटलको अनुसार आईपीओ फागुन २१ गतेसम्म छिटोमा र ढिलामा चैत ८ गते बैंकिङ समयपछि हुने छ। स्रोत:- arthiksandesh





