२०८३ असार २४ गते बुधवार | July 08, 2026

गृहपृष्ठ इंग्लिस क्लब टोटेनहम युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश

इंग्लिस क्लब टोटेनहम युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश

इंग्लिस क्लब टोटेनहम युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा अष्ट्रियन क्लब वल्फ्सवर्गरलाई ४-० ले पराजित गर्दै टोटेनहम अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा फराकिलो जित निकालेसँगै टोटेनहमले वल्फ्सवर्गरविरुद्ध समग्रमा ८-१ को जित निकाल्यो । पहिलो लेगमा टोटेनहमले वल्फ्सवर्गरलाई ४-१ ले हराएको थियो ।

टोटेनहम स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन कार्लाेस भिनिसियसले दुई गोल गरे । यस्तै डेली अली र ग्यारेथ बेलले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा अलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा भिनिसियसले गोल गर्दा टोलीको अग्रता २-० को बन्यो । खेलको ७३ औं मिनेटमा बेलले गोल गरेपछि टोटेनहम ३-० ले अघि रह्यो । त्यसपछि खेलको ८३ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को जित दिलाए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार