२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ अघिल्लो साताको तुलनामा यो साताको सेयर बजार प्रभावित

अघिल्लो साताको तुलनामा यो साताको सेयर बजार प्रभावित

अघिल्लो साताको तुलनामा यो साताको सेयर बजार प्रभावित भएकाे छ । याे साता राजनीतिकाे तरङ्गले गर्दा सेयर बजार पनि प्रभावित भयाे । तर प्राविधीक रूपमा हेर्दा भने अहिलेकाे करेक्सनलाई सामान्य रूपमा लिनुपर्ने विश्लेषकहरुको ठहर छ ।

यस साताकाे पहिलाे काराेबार दिन आइतबार २६४०.३५ विन्दुमा रहेकाे सेयर बजार लगातार ओरालो लाग्दै अन्तिम दिनसम्म आइपुग्दा २५५४.१४ विन्दुमा राेकिएकाे छ । यस साताकाे पाँच काराेबार दिनमा नेप्से २ दिन आइतबार र बुधबार बढ्याे बाँकी ३ दिन भने नेप्सेले ओरालो यात्रा तय गरेकाे थियाे ।

अघिल्लाे साताकाे तुलनामा यस साता नेप्से परिसूचक ८२.५४ अंकले घट्दा काराेबार रकममा पनि ५ अर्ब भन्दा बढीले गिरावट आएकाे छ । नेप्से परिसूचक घटेसँगै बजार पुँजीकरण पनि १ खर्ब भन्दा बढीले घटेकाे छ ।

यसैगरी, यस साता काराेबार भए १२ उपसमूहमध्ये जलविद्युत बाहेक बाँकी सबै उपसमूहको सूचकहरुले पनि आरालो यात्रा तय गरेका छन् ।

यो साता सबैभन्दा बढि रकमको कारोबार गर्ने र सबैभन्दा बढि कित्ता सेयर कारोबार हुने दुवैमा निफ्राले अग्र स्थान कायम गरेकाे छ ।

यस्तै, याे साता बजार पुँजीकरणकाे आधारमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड अग्र स्थानमा छ । त्यसपश्चात क्रमश : नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नागरिक लगानी काेष, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, ग्लाेबल आईएमइ बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेड रहेका छन् ।

 आइतबार

साताकाे पहिलाे दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेकाे थियाे । नेप्से ०.१४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.२० अंकले घटेर ४७९.५८ मा पुगेको छ । कूल २०७ वटा कम्पनीकाे २ कराेड ४३ लाख ५ हजार ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएकाे थियाे ।

सोमबार

सोमबार नेप्से परिसूचक ३२.६७ अंकले घटेर २६०७.६७ अंकमा पुगेको थियाे । नेप्से १.२४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  ९.२२ अंकले घटेर ४७०.९६ अंकमा पुगेको थियाे । कुल २ सय ७ वटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको थियाे ।

मंगलबार 

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.१६ अंकले घटेर २५८६.५१ मा पुगेकाे थियाे । नेप्से ०.८१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.४१ अंकले घटेर ४६७.९४ मा पुगेको थियाे । कूल २०५ वटा कम्पनीकाे एक कराेड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँको कारोबार भएकाे थियाे ।

बुधबार

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ मा पुगेकाे थियाे । नेप्से ०.४३ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.४० अंकले बढेर ४७०.३४८ मा पुगेको थियाे । कूल २०४ वटा कम्पनीकाे एक कारेड ७६ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएकाे थियाे ।

बिहीबार 

साताकाे अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ मा पुगेकाे थियाे । नेप्से १.७३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको थियाे । कूल २०६ वटा कम्पनीकाे एक कराेड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार