गृहपृष्ठ लघुकथा – परिचय
लघुकथा – परिचय
खगेन्द्र बस्याल,तिलोत्तमा ५ ।
तपाईं निकै चलाख हुनुहुँदो रहेछ । कुराकानीको पारा हेर्दा ऐन कानूनको पनि राम्रोसँग जानकारी भए जस्तो लाग्यो । तपाईंले आफ्नो मात्रै नभएर अरुको काममा पनि चासो लिनु भएको देखियो ।त्यसको फाइदा अरु सेवाग्राहीले पनि लिए ।यसरी भूमिका बाँधीसकेपछि हाकिमले उनलाई सोधे ” तपाईंको परिचय पाउन सक्छु कि ? ”
” मलाई मात्रै होइन धेरैलाई थाहा भइसकेको छ । अझै पनि
ठूला कार्यालयमा समेत केहीले आवश्यक नभएको कुरा पनि माग्ने र सोध्ने गरिन्छ ।त्यो झन्झटबाट वच्न नेता भनाउँदो मान्छेलाई संगै लगेको देखिन्छ ।आज पनि त्यो अवस्था मेरै आँखाले प्रत्यक्ष देख्यो । यसरी लगिएकाबाट पनि जनता ठगिएको अवस्था रहेछ।यद्यपि त्यो स्थितिमा कमी आएको छ।” सेवाग्राहीले हाकिमलाई भने।
” धेरै भूमिका नबाँधी भन्नुस् न तपाईंको परिचय ? ” हाकिमलाईको रहेछ भन्ने जान्ने उत्सुकता जाग्यो । जवाफमा ती सेवाग्राहीले भनेू कुनै परिचय त मेरो पनि होला।तर त्यो बताउन चाहन्न।परिचयबाट काम हुने चलन सदाको लागि अब बन्द हुनुपर्छ । म हिजोको होइन आजको सचेत जनता हो यत्ति बुझ्नु भए काफी होला मेरो परिचय । “





