२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका हुन् ।

गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।

राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, डिफेन्डर देवेन्द्र तामाङ, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् ।

चोटमुक्त हुँदै अनन्त तामाङ टिममा फर्किएका छन् । सन्यासको संघारमा रहेका पूर्व कप्तान विराज महर्जन एक वर्षपछि टिममा पुनरागमन गरेका छन् । विराजले यस प्रतियोगितापछि सन्यास लिने छन्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिमको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भोलि (बिहीबार) पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

नेपाली टिम :

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर : रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान

फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार