२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ बिधुवा भत्तामा कटौती : ६० ननाघेका एकल महिलालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता !

बिधुवा भत्तामा कटौती : ६० ननाघेका एकल महिलालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता !

बिधुवा भत्तामा कटौती : ६० वर्ष ननाघेका एकल महिलालाई मासिक २ हजार सामाजिक सुरक्षा भत्ता १

– सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अ’पाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

हाल त्यसखालका सामाजिक सुरक्षा भत्ता रोकिएको गुनासो आइरहेका थिए । बैठकले मुलुकका ७५३ वटा स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने सन्दर्भमा पहिलो चरणमा ३४० वटामा मंसिर १ देखि वितरण गर्ने व्यवस्था लागू गर्न, ‌नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको गुरुङले बताए ।

यसैगरी दोस्रो चरणमा १५९ वटामा चैत १ देखि, तेस्रो चरणमा २४७ वटामा २०७८ साउन १ देखि र चौथो चरणमा बाँकी ७ वटा स्थानीय तहहरुमा ०७८ मंसिर १ देखि बैंकिङ्ग प्रणाली मार्फत वितरण वितरण गरिने गुरुङले बताए ।

यो पनि

चमत्कारी गुफा, जहाँ भित्र छिरेपछि रोगब्याधी हुन्छ निको

एजेन्सी । एक्काइसौं शताब्दीको अहिलेको युगमा गुफा छिरेर रोग निको हुन्छन् भनेर भन्यो भनी मूर्ख ठान्लान् सबैले । अस्पतालमा गएर डाक्टरसँग उपचार गराउनु नै उपचारको एकमात्र विकल्प हो भन्ने ठानिन्छ अहिले ।

तर कहिलेकाहीँ अस्पताल गएर जति उपचार गराउँदा पनि रोग निको नभएपछि मानिसले चित्त बुझाउनका लागि अनेक उपाय गर्दछ । सायद यो गुफाभित्र छिर्नु पनि एउटा यस्तै उपाय हो ।

अष्ट्रियामा एउटा यस्तो गुफा फेला परेको छ जुन गुफा भित्र छिरिसकेपछि गम्भीर रोगव्याधी पनि आफैं निको हुन्छ भन्ने मान्यता छ । वास्तवमा यसको एक वैज्ञानिक कारण पनि छ । यो गुफाभित्र एउटा विशेष ग्यास पाइन्छ ।

उक्त ग्यासले मानिसको शरीरमा रहेका विभिन्न रोग निको बनाउने विश्वास गरिन्छ । अष्ट्रियाको गस्टिनमा छ यो गुफा । सुनखानीको खोजी गर्ने क्रममा उक्त गुफा फेला परेको थियो ।

अहिले उक्त गुफामा प्राकृतिक उपचारका लागि मानिसहरु युरोपका विभिन्न देशबाट आउने गरेका छन् । यो गुफामा पाइने ग्यास रेडन ग्यास हो । जसबाट विभिन्न रोगको उपचार सम्भव छ ।

यो एक विकिरणजन्य ग्यास हो । यसले गुफाको उष्ण वातावरणमा कैयन् रोगहरुमाथि गहिरो प्रभाव देखाउँदछ । बाथ तथा पसोरिएसिस जस्ता रोगको उपचारका लागि यो गुफागमन निकै लाभदायी रहेको अनुभव मानिसहरुको छ ।

मानिसहरु यो गुफाभित्र छिरेर जिउ अर्धनग्न बनाएर मज्जाले बस्ने तथा सुत्ने गरिरहेका हुन्छन् ता की शरीरमा उक्त ग्यासले मज्जाले प्रभाव जमाउन सकोस् र जीउभित्रका रोग मेटाओस् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार