२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ कोपा अमेरिका-पाराग्वेको शानदार जित

कोपा अमेरिका-पाराग्वेको शानदार जित

एजेन्सी । कोपा अमेरिका फुटबलमा पाराग्वेले शानदार सुरुवात गरेको छ ।

मंगलबार बिहान पाराग्वेले १० खेलाडीमा सिमित बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो ।

सुरुवाती १० औं मिनेटमा पेनाल्टीमा पछि परेपनि पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन रच्यो ।

पहिलो हाफको अन्तिम समयमा जेम कुएलारो रातो कार्ड खादै मैदान बाहिरिएपछि बोलिभिया १० खेलाडीमा सिमित बनेको थियो ।

खेलमा अग्रता भने बोलिभियाले १० औं मिनेटमा इरविन सावेद्राको गोलबाट लिएको थियो ।

दोस्रो हाफमा एलेजान्द्रो रोमेरोले गोल गर्दै पाराग्वेलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटमै एन्जेल रोमेरोले पाराग्वेको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

खेल सकिन १० मिनेट अघि रोमेरोले ब्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेको जित सुनिश्चित गरे । उनले ग्याब्रियल अवलोसको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

समूहमा पाराग्वेले शानदार जित सहित शीर्ष स्थान कब्जा गरेको छ । उसले तीन ंअंक जोडेको छ । सोही समुहको अर्को खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार