गृहपृष्ठ युरोकप : शाकिरी चम्किदा स्विट्जरल्यान्डको जित
युरोकप : शाकिरी चम्किदा स्विट्जरल्यान्डको जित
एजेन्सी । स्विट्जरल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ ।
आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।
बाकुमा स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे ।
टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । स्टेभेन जुबेरको पासमा उनले चलाखीपूर्णक गोल गरे ।
२६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २-० गोलको अग्रता दिलाए । उनले जुबेरकै पासमा डिबक्स क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे ।
खेलको ६२ औं मिनेटमा इरफानले गोल गर्दै टर्कीलाई २-१ को स्थितिमा ल्याए । उनले हकानको पासमा गोल गरेका थिए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३-१ को जित दिलाए ।





