२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ युरोकप : नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

युरोकप : नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

एजेन्सी । चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो  ।

पुस्कास एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको हो ।

बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिईएको थियो ।

Image

नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले फाईदा उठायो ।

खेलको ६८ औं मिनेटमा टोमसले गोल गर्दै चेक रिपब्लिकलाई १-० को अग्रता दिलाए । टोमस कालसको पासमा उनले हेडरमार्फत गोल गरे ।

त्यसपछि खेलको ८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए । उनले टोमस होल्सको पासमा गोल गरेका हुन् ।

जारी युरोकपमा शिकको यो चौंथो गोल हो ।

अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार