२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ पहिलो एकदिवसीयमा इंग्ल्यान्ड विजयी

पहिलो एकदिवसीयमा इंग्ल्यान्ड विजयी

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले पहिलो एकदिवसीय क्रिकेटमा श्रीलंकालाई पराजित गरेको छ ।

रिभरसाइट मैदानमा मंगलबार भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोय रुटले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।

जोनी बेयर्स्टोले ४३ रन बनाए । मोइन अली २८ रनमा आउट भए ।

श्रीलंकाका दुश्मन्था चामिराले ३ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो ।

श्रीलंकाका लागि कप्तान कुशल परेराले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । वानिन्दु हसरंगाले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा चामिका करुनारत्नेले अविजित १९ रन बनाए ।

श्रीलंकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिए । डाभिड विलिको नाममा ३ विकेट रह्यो ।

यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । आईसीसी विश्वकप सुपर लिग अन्तर्गत रहेको दोस्रो खेल बिहीबार हुनेछ ।

यस अघि इंग्ल्यान्डले तीन खेलको टी-ट्वान्टी सिरिज ३-० ले जितेको थियो ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार