२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ कुशल बंगलादेशका शकिब अल हसन भन्दा अघि

कुशल बंगलादेशका शकिब अल हसन भन्दा अघि

काठमाडौं । आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका छन् ।

नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ ।

ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा रहेका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका छन् ।

कुशल बंगलादेशका शकिब अल हसन भन्दा अघि रहेका छन् ।

घरेलु भूमिमा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन् ।

नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८ औं स्थानमा यथावत रहेका छन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९२ औं स्थानमा रहेका छन् । उनको दुई स्थान सुधार भएको हो ।

बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७६  औं स्थानमा यथावत रहेका छन् ।

नेपाल टी-ट्वान्टी वरीयताको १३ औं स्थानमा यथावत रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार