२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया अन्तिम ४ मा

कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया अन्तिम ४ मा

एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बियाले उरुग्वेलाई हराएको छ ।

आईतबार बिहान कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

जसमा कोलम्बियाले ४–२ ले विजयी रह्यो ।

उरुग्वेका जोसे जिमिनेज र मार्टिया भिना गोल गर्न असफल रहे । इडेन्सन काभानी र लुईस स्वारेजले गोल गरेका थिए ।

डेविड ओस्पिनाले दुई महत्वपुर्ण पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई स्तब्ध बनाएका थिए ।

कोलम्बियाले फाईनल प्रवेशका लागि अर्जेन्टिना र इक्वेडरबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार