गृहपृष्ठ तीज गीत ‘माइत जानलाई कोरोनाले रोक्यो’ बजारमा दर्शकको मन जित्दै (भिडियो सहित)
तीज गीत ‘माइत जानलाई कोरोनाले रोक्यो’ बजारमा दर्शकको मन जित्दै (भिडियो सहित)
सुमन ढकाल,काठमाण्डौ। संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
यतिबेला, हिन्दु महिलाहरुको महान चाडको रुपमा लिइएको हरितालिका तिजको अवसर पारेर लक्ष्मी खडका ऋषि डुम्रे श्रीधर अधिकारी,शिव खनाल,पुनम परियार आवाजमा नयाँ तीज गीत “कोरोनाले रोक्यो” ऋषि डुम्रे युटुब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ । गीतमा ऋषि डुम्रे,दुर्गा बजगाइको शब्द लय रहेको छ।
भिडियो निकै राम्रो तथा समय सान्दर्भिक बनेको छ। पारिवारिक कथा संगै अहिलेको कोरोना संक्रमणको भयाभह परिस्थितिलाई समेटि दिदी-भाइ आमा-बाबा आफ्न्तसंग भेट हुन रमाउन मन हुदा हुँदै नमिलेको वास्तविकता झल्काउने खालको गीतमा देखाइएको छ । म्युजिक भिडियोमा हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा),यम पाण्डे, बबिता,बिवेक,मोहन,दुर्गा,उषा,कल्पना सहितका कलाकारहरुको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाइ योगेश शाक्यले छायांकन/सम्पादन गरेका छन् भने दिपक श्रेष्ठले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस :









