२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ सोह्र श्राद्ध यस्तो छ यसको शास्त्रीय एवं वैज्ञानिक महत्त्व

सोह्र श्राद्ध यस्तो छ यसको शास्त्रीय एवं वैज्ञानिक महत्त्व

चक्रपाणी डुम्रे (शास्त्री) । आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मका १६ दिनलाई पितृपक्ष वा सोह्र श्राद्ध भनिन्छ । श्राद्ध भनेको के त भन्ने सन्दर्भमा भनिएको छ । “श्रद्धया दियते दानं इति श्राद्धम् ” अर्थात् जुन वस्तु श्रद्धाले दिइन्छ त्यो नै श्राद्ध हो ।” श्रद्धया क्रियते यत्र तच्च श्राद्धं परिकीर्तितम् ।” अर्थात् पितृको उदेश्यले जो कार्य श्रद्धापुर्वक गरिन्छ, त्यसैलाई श्राद्ध भनिन्छ । “
देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्रद्धमुदाहृतम ।।”
देश, काल र पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको उदेश्यले नामोच्चारण गरी ब्राह्मणलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ ।

सनातन धर्मअनुसार मानिसले जन्मदेखि बोकेर आएको देवऋण, पितृऋण र ऋषिऋण चुकाउनै पर्ने बताइएको छ। ती मध्ये पितृऋण चुक्ता गर्न बुवाआमा जीवित छन् जेल आदरसत्कार , सेवासुश्रया र स्याहारसुसार गर्ने र मृत्यु पश्चात् श्राद्धादी कर्म गरेर पितृ ऋण चुक्ता गर्नु पर्छ भन्ने मान्यता छ। ” मातृदेवो भवस् पितृदेवोभवस् आचार्यदेवो भवस् । देवपीतृकार्याभ्यां न प्रमदितव्यम् ।। ” मातापिता र गुरुलाई जीवित देवता समान मनेर आदर गर्न पर्छ । देवकार्य र पितृकार्यमा सदैव सावधान भएर लाग्नु पर्दछ। मातापिता र गुरुको महत्त्वलाई सबै धर्मशास्त्रले उत्तिकै रुपमा ब्याख्या गरेका छन् । जन्म देखि लालनपालन ,शिक्षादीक्षा र जीवनको मार्ग निर्देशन लगायत हरेक कुरामा माता पिताको स्वतह महत्त्वपूर्ण भूमिका रहन्छ । स्वभाविक रुपमै मातापिता प्रति मानिस ऋणी हुन्छ । सो ऋण चुक्ता गर्न पनि मातापिताका लागि वैदिक शास्त्रले निर्दिष्ट गरेका काम गर्न आवश्यक हुन्छ ।

‘सूर्ये कन्यागते श्राद्धं यो न कूर्यात् गृहाश्रमी।
धनपुत्रा स् कुतस्तस्य पितृनिश्वास पीडनात्।।’
९गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध
नगर्नेका लागि उसका धन र सम्पत्ति, वैभव तथा
उसका सन्तति निरर्थक हुन्छन्”
प्रत्येक वर्ष मातापिताको मृत्यु तिथिमा श्राद्ध गरिन्छ भने पितालाई सोह्र श्राद्धमा पनि विशेष गरिन्छ । श्राद्धमा प्रयोग हुने जौ, तिल, कुश, तामाका भाँडा, पहेँला–सेता फूल, शुद्ध जल आदि विशिष्ट गुण भएका प्राकृतिक पदार्थ हुन्, जसको अन्तरक्रियाले त्यो सूक्ष्म कण र मानव मनलाई जोड्छ । पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै कपाल मुण्डन ,सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई
सकारात्मकतातिर लैजान सकिन्न । तसर्थ श्राद्धको अगिल्लो दिन एकछाक खानु सत्विक भोजन आवश्यक भएको हो। हिजो आजपनि सोह्र श्राद्ध सुरु भैसकेपछि अर्धमुण्डन नगर्ने , माछामासु लसुनप्याज नखाने गर्दछन् ।

त्यस्तै छोराले मातापितालाई सम्झेर प्रत्येक वर्ष श्राद्ध गर्दा श्रद्धापुर्वक गर्नु पर्दछ भन्ने शास्त्रीय मान्यता छ। यदि जहाँ श्रद्धा छैन भने त्यो केवल औपचारिकताको मात्र श्राद्ध हुनेछ । यदि श्रद्धापूर्वक गरिन्छ भने पितृहरुले ग्रहण गर्दछ्न । श्राद्धमा तर्पण, अन्न ९सीदादान०र पिण्डदानलाई प्रमुख रुपमा लिइएको छ।

हिन्दुहरुले मात्र होइन संसारका अनेकन जातजाति, धर्म , सम्प्रदायहरुले आफ्नो बिधि अनुसार श्राद्ध गर्दछ्न् । चिन र जापानमा त हिन्दु धर्मले भन्दा बढी पितृहरूलाई महत्त्व दिएका हुन्छन् ।
पश्चिमीमुलुकहरुमा समेत पितृलाई स्मरण गर्ने प्रचलन सुनिएको छ। नेपाल र भारतमा मात्र होइन जर्मनी, अमेरिका, जापान, फ्रान्स, अफ्रिका, इङ्ल्यान्ड, इटाली, स्कटल्यान्ड, हङ्कङ आदि देशहरुमा समेत प्रकारान्तरले श्राद्ध गर्ने वा स्मृतिदिवस मनाउने प्रचलन छ । त्यसैगरी हिन्दु संस्कृतिमा मात्र होइन बौद्ध, जैन, शिख, इस्लाम र क्रिस्चियन संस्कृतिमा समेत आआफ्नै किसिमले मृतकप्रति श्रद्धा प्रकट गरेर श्राद्ध गर्ने प्रावधान छ । जस्तो रेयुकाईहरु अन्तरात्माको विकास कार्यक्रमको सुरुमा पितृहरुलाई सम्झेर प्रार्थना गर्छन् । त्यस्तै जलको पूर्णकलश , फूल पितृवंशावली रखेर प्रत्येक दिन बिहान पितृहरुलाई सम्झन्छन् यस किसिमबाट जापानीहरु मान्दछन् । पितृहरुले पातालमा दिईएको आन्नलाई सूर्यको प्रकाश द्वारा बास्ना वा सुगन्धका रुपमा ग्रहण गर्छन् भन्ने मान्यता पनि रहिआएको छ।

श्राद्ध गर्नाले पितृको कल्याण मात्र होइन, उनीहरूको आशीर्वादबाट श्राद्ध गर्नेको पनि कल्याण हुन्छ, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ । श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ । अर्को तर्फ केहि लौकिक मान्यतालाई हेर्दा हाम्रा महत्त्वपूर्ण चाड दशैं तिहार सुरु हुन भन्दा पूर्व आफ्ना पितृहरुलाई सन्तुष्ट पारेर मात्र चाड मनाउने रङ्गरमाइलो गर्ने प्रचलन पनि बैज्ञानिक मानिन्छ । नेपाली उखान अनुसार “दैवले दिएको पितृले हर्छ” देवता लाई भन्दा पितृलागि बढी महत्व दिइएको छ । दशै तिहारमा देवताको पुजाआजा गर्नु पूर्व श्राद्ध गरि पितृलाई तृप्त गराउने परम्परा पनि चलेको भन्न सकिन्छ ।

तसर्थ आफ्नो मातापिताको योगदानलाई स्मरण गर्दै अगि बढ्नु पर्छ। मातापिता समान देवता अर्को हुन सक्दैन । जीवनका हरक्षण मातापिताको चहाना बमोजिम पुत्रको कर्तव्य बोध गर्दै सत्कर्म तर्फ अभिमुख भइयो भने जीवन पनि सार्थक बन्नुका साथै वर्षेनि श्राद्ध गर्नुको औचित्य हुन्छ ।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् ।)

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार