गृहपृष्ठ नवराज पन्तको सृजनामा रन्जित परियार र पुर्णकला विसिको “हार लाएर जाउ” ( भिडियोसहित )
नवराज पन्तको सृजनामा रन्जित परियार र पुर्णकला विसिको “हार लाएर जाउ” ( भिडियोसहित )
सुमन ढकाल,काठमाडौं । सांगित बजार यतिबेला संगितमय बनिरहेको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् । रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले रुचाउछन् ।
यतिबेला, चर्चित गायिका पुर्णकला विसि र रन्जित परियारको आवाजमा हार लाएर जाउ बजारमा आएको छ। गीतलाई चर्चित सर्जक गीतकार नवराज पन्तको शब्द सृजनामा गरेका हुन् भने लय आशिष अभिरलको रहेको छ। गीतको भाव शब्द चयन संगै मिठो धुन मिसिएको लय बनेर गीत बजारमा आउदा नरुचाउने कम नै होलान् तर साच्चिकै गीत मर्मस्पर्शी बन्छ । गीतको आवाजले मन छुन्छ मुटुमा बस्छ।
सुमधुर आवाजले दर्शक श्रोताको मन पंग्लिन पुगेको हुन्छ यस्ता कुरा गीतको कथाले बताईरहेको हुन्छ। संगै अभिनय पनि एक विशेष पात्र हो जुन पर्दा अगाडीनै झल्किरहेको हुन्छ। झ्यास्स गितको भिडियो हेर्दा अभिनय देखिन्छ त्यो एउटा मुख्य पाटो हो। गीत संगै भिडियोले बजार तताईरहेको हुन्छ। भिडियोमा मेडल जुना सुन्दास रन्जित परियार चक्र वम अस्मिता पन्तको धमकेघार अभिनय रहेको छ। यो मिठो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन करन चैसिरले छायांकन भने प्रविन भट्टले सम्पादन/कलर गेरका हुन् । गीतलाई सफलताको शुभकामना । गीत नवराज पन्तको युटुव च्यानलवाट विश्वभर बाहिरिएको छ।
पुरा भिडियो हेर्नुहोस् :





