२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ विद्यालय कर्मचारीको उमेर हद तोकियो

विद्यालय कर्मचारीको उमेर हद तोकियो

काठमाडौं । शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको छ ।

केन्द्रले ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिँदै केन्द्रले विद्यालय कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जनाएको छ । ‘विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० वर्ष हुने र सोको निर्देशन सबै क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयमा दिनू भन्ने मिति २०६९ मंसीर १० गतेको माननीय मन्त्रीस्तरीय निर्णय भएकोले सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ,’केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार