२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ नेपालमा आज बिहिबार ५९१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा, २ जनाले गुमाए ज्यान

नेपालमा आज बिहिबार ५९१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा, २ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पिअिसार परीक्षण गर्दा ५२७ र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १ लाख १ हजार ४७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार