गृहपृष्ठ सहरी विकासमन्त्री झाँक्री अस्वस्थ
सहरी विकासमन्त्री झाँक्री अस्वस्थ
काठमाडौँ,११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया र ज्वरो आएपछि उहाँलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।
‘सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन’, सहयोगी तामाङले भने, ‘हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।’ मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।





