२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ अर्मेनियालाइ हराउदै जर्मनीको सानदार जित ।

अर्मेनियालाइ हराउदै जर्मनीको सानदार जित ।

काठमाडौं ।  आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको जर्मनीले युरोपेली छनोटको अन्तिम खेलमा सानदार जित दर्ता गरेको छ ।

जर्मनीले अर्मेनियालाई उसकै मैदानमा ४–१ को फराकिलो जित निकालेको हो । जर्मनीको जितमा इल्केए गुन्डोगानले दुई तथा काई हाभर्टज र जोनस होफमानले समान एक गोल गरे । अर्मेनियाका हेनरिक मिखटरयानले एक गोल फर्काए ।

यारेभान अर्मेनियामा आइतबार राति भएको खेलमा जर्मनीले खेलको १५ औं मिनेटमा काई हाभर्टजको गोलबाट अग्रता लिएको थियो ।  पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा इल्केए गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।

५०औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जर्मनीलाई ३–० ले अघि बढाए । ५९औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याउँदै खेलमा फर्कने संकेत दिएपनि ६४औं मिनेटमा जोनस होफमानले गोल गर्दै टोलीको जित पक्का गरे । यो जितपछि समूह ‘जे’ मा जर्मनीले १० खेलबाट २७ अंक जोड्यो ।

यही समूहको अर्को खेलमा नर्थ म्यासेडोनियाले आइसल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप छनोटको प्ले अफमा स्थान बनाएको छ । म्यासेडोनियाले रोमानियालाई पछि पारेको हो ।

अर्को खेलमा रोमानियाले लिचेस्टाइनलाई २–० ले पराजित गरेपनि प्ले अफमा स्थान बनाउन सकेन । नर्थ म्यासेडोनियाले १० खेलबाट १८ अंक जोड्यो । रोमानियाले १७ अंक जोड्यो । आइसल्यान्डले ९ तथा लिचेस्टाइन १ अंक जोडेर पुछारमा रह्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार