२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ ‘देश छान्ने कि गठबन्धन’भन्ने अवस्था आएमा हामी देश छान्छौं : माओवादी नेता पोखरेल

‘देश छान्ने कि गठबन्धन’भन्ने अवस्था आएमा हामी देश छान्छौं : माओवादी नेता पोखरेल

सिरहा, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् ।

धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोेधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् ।

‘अहिलेको गठबन्धनसँग मिलेर हामी चुनावमा पनि जान चाहन्छौँ । तर, कांग्रेसले यथास्थिति एमसीसी पास गराउने प्रस्ताव ल्याइरहेको छ । यतिबेला हामी देश छान्ने कि, गठबन्धन रोज्ने भन्ने अवस्था आयो भने हामी देश छान्छौं,’ उनले भने  ।

चुनावमा समीकरण गर्ने नाममा कुनै पनि अपारदर्शी, देश र जनतालाई आघात पुग्ने सहमति गर्न नसकिने उनले बताए ।

पोखरेलले एमालेले अब बामपन्थी पार्टी नरहेको जिकिर गरे । एमालेको अहिलेको नेतृत्व निरंकुशतार्फ अघि बढिरहेको जिकिर गर्दै उनले एमाले नेतृत्व मुलुकलाई कमजोर बनाउने र निरंकुशतातर्फ लैजाने क्रममा रहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार