गृहपृष्ठ कांग्रेस महाधिवेशन अपडेट : खुला केन्द्रीय सदस्यमा शशांक सबैभन्दा अगाडि
कांग्रेस महाधिवेशन अपडेट : खुला केन्द्रीय सदस्यमा शशांक सबैभन्दा अगाडि
काठमाडौं,३ पुस। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको मतगणनामा डा शशांक कोइराला अग्रस्थानमा रहेका छन् ।
शनिबार पार्टी कार्यालय सानेपामा खुलातर्फका ३५ जना चयनका लागि मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९८८ मतगणना हुँदा कोइरालाले ८१४ मत पाएका छन् ।
उनी शेखर कोइराला र शरबहादुर देउवा दुवै प्यानलमा परेका थिए । ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् ।
जस मध्ये ११ जना शेखर पक्षकाले अग्रता लिएका छन्।






