२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ अर्जुन सापकोटा कुलेन्द्र बिश्वकर्मा लक्ष्मी खड्काको आयो ‘चोली तुनाले'(हेरौ भिडियो)

अर्जुन सापकोटा कुलेन्द्र बिश्वकर्मा लक्ष्मी खड्काको आयो ‘चोली तुनाले'(हेरौ भिडियो)

सुमन ढकाल,काठमाण्डौ :- गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला अर्जुन सापकोटा लक्ष्मी खड्का कुलेन्द्र विश्वकर्मा सुनिता बुढा क्षेत्रीको आवाजमा नयाँ गित “चोली तुनाले”बजारमा आएको छ। नेत्र अर्यालको शब्द रचनामा तयार भएको गीतलाई रोशन परियारले लय गरेका हुन्।

गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मार्मीक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लयमा निकै माधुरियता मिसिएको छ।

जहा धुन बज्छ त्यहा रमझम हुन्छ। जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्।

गीतमा तेजेन्द्र गौतम ,अर्जुन सापकोटा, रविना भण्डारी,युनिसा रेग्मी सन्तोष मग्राटी संगै धेरैको अभिनय रहेको भिडियोलाइ निर्देशन प्रेम थापाले गेरेका हुन्।गीतको भिडियो मेसना म्युजिकको युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।गीतलाइ सफलताको शुभकामना।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार