गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप १२ संक्रमितले ज्यान गुमाउँदा, थपिए यति संक्रमित ?
पछिल्लो २४ घण्टामा नेपालमा थप १२ संक्रमितले ज्यान गुमाउँदा, थपिए यति संक्रमित ?
काठमाडौं। नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ८ लाख १५ हजार ७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।





