गृहपृष्ठ त्रिविको तीन वर्षे एल. एल. बी. प्रथम वर्षको परीक्षा केन्द्र सम्बन्धी महत्वपुर्ण सूचना (हेर्नुहोस)
त्रिविको तीन वर्षे एल. एल. बी. प्रथम वर्षको परीक्षा केन्द्र सम्बन्धी महत्वपुर्ण सूचना (हेर्नुहोस)
त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ साल फागुन १ गते बिहान ८.०० वजे देखि सञ्चालन हुने नेपाल ल क्याम्पसका तीन वर्षे एल. एल. बी. प्रथम वर्षका (नयाँ पाठ्यक्रम) अनुसार परीक्षा दिने नियमित परीक्षार्थीहरूको परीक्षा केन्द्र एम्विशन कलेज, मध्यवानेश्वरमा निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
द्रष्टव्य
१. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत : रद्द हुनेछ ।
२. मोबाइल फोन, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरू परीक्षा भवनभित्र साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले सोसामान जफत गर्न सक्नेछ ।
३. परीक्षा केन्द्रमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा संचालन गर्न सूचित गरिन्छ । कोभिड संक्रमित परीक्षार्थीहरुको हकमा ७२ घण्टा भित्रको आधिकारीक प्रयोगशालाबाट प्रमाणित रिपोर्टको आधारमा मात्र छुट्टै कोठामा राखी परीक्षामा सहभागी गराउनु पर्नेछ ।
परीक्षा नियन्त्रक






