२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ इङ्लिस प्रिमियर लिग : टोटनहमद्वारा न्युक्यासल युनाइटेड पराजित

इङ्लिस प्रिमियर लिग : टोटनहमद्वारा न्युक्यासल युनाइटेड पराजित

काठमाडौँ । न्युक्यासल युनाइटेडमाथि ५-१ को प्रभावशाली जितसहित आइतबार राति टोटनहम इङ्लिस प्रिमियर लिगको चौथौ स्थानमा उक्लिएको छ।

३९औं मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै टोटनहम खेलमा फर्कियो । सनको क्रसमा बेन डेभिसले गोल गरेका थिए ।

४८औं मिनेटमा म्याट डोहेर्टेको गोलमा टोटनहमले अग्रता लियो । त्यसको ६ मिनेटपछि सनले गरेको गोलमा टोटहमले ३-१ को अग्रता लियो।

६३औं मिनेटमा इमर्सन रोयल बललाई जाली चुमाएपछि टोटनहम फराकिलो जिततर्फ अघि बढेको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा स्टेभिन बर्जविनले टोटनहमका लागि पाँचौ गोल गरे ।

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट हम युनाइटेडले एभर्टनमाथि २(१ को जित निकालेको थियो ।

३० खेलबाट ५४ अंक बटुलेको टोटनहम चौथो स्थानमा उक्लिएको हो । पाँचौ स्थानको आर्सनलको पनि ५४ अंक छ । यद्यपि आर्सनलले टोटनहमभन्दा दुई खेल कम खेलेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार