२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ देशभरको आजको मौसमी अवस्था ?

मौसम अपडेट : यस्तो रहनेछ देशभरको आजको मौसमी अवस्था ?

काठमाडौँ । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार