गृहपृष्ठ इन्टरनेट जडान गर्ने क्रममा रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
इन्टरनेट जडान गर्ने क्रममा रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ वस्तु घर भएका २२ वर्षीय प्रदीप भट्टराई रहेका छन् । उनको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर अशक्त भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।





