गृहपृष्ठ सशस्त्र प्रहरी बलद्वारा १२९ जना सुस्ता बाढीपीडितको उद्वार
सशस्त्र प्रहरी बलद्वारा १२९ जना सुस्ता बाढीपीडितको उद्वार
ज्ञानेश्वर सहानी, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ०५ थारुटोल र सैनिक टोलमा सशस्त्र प्रहरी बल द्वारा १२९ जना सुस्ता बाढीपीडितको उद्वार भएको छ ।
विगत २ दिन देखि परेको अविरल बर्षाको कारण ले गर्दै सुस्ता गाउँपालिका वडा नम्बर ०५ थारुटोल तथा सैनिक टोलाको २४ घर डुबान परेको छ भने १२९ जना लाई सशस्त्र प्रहरी बल २६ नम्बर गण तथा नेपाल प्रहरीले संयुक्त उद्वार गरेको हुन ।

अविरल बर्षाको कारण ले गर्दै बाढी आउन सख्ने भएको ले सुस्ता वासीको उद्वारको लागि सशस्त्र प्रहरी बल २६ नम्बर गणले ५० जना प्रहरी जवान लाई वि.अे.पी गुठीप्रसाैनी मा तयारी हालतमा राखेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटरकाे सुचना अधिकारी-सशस्त्र प्रहरी नायब उपरिक्षक केशब राज थापाले जानकारी दिनु भएको छ ।






