२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ सेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो

सेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आइतबार सेयर बजार ०.५६ प्रतिशतले ओरालो लागेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार १.२३ प्रतिशतले घटेको सेयर बजार आइतबार १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा रोकिएको छ ।

आइतबार जम्मा १८५ कम्पनीहरुको कारोबार भएको छ । जसमा ४४ कम्पनीमा वृद्धि भएको र १३१ कम्पनीमा ओरालो लाग्दा १० कम्पनी स्थीर रहेको छ । २० लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार बढीको कारोबार भएको छ । होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालो लागेको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार