२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ आईसीसी टि-२० क्रिकेट विश्वकप २०२२ को उपाधि इंल्याण्डलाई

आईसीसी टि-२० क्रिकेट विश्वकप २०२२ को उपाधि इंल्याण्डलाई

काठमाडौँ । आईसीसी टि-२० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंल्याण्डले १९ औँ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । इंल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ५२ रन बनाए ।

जोस बट्लरले २६ रन जोड्दा ह्यारी ब्रुकले २० रन बनाए । पाकिस्तानका लागि हारिस राउफले २ तथा शहीन शाह अफ्रिदी, शदाब खान र मोहम्मद वासिमले समान एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन जोडेको थियो । पाकिस्तानका लागि शान मसुदले ३८, कप्तान बाबर आजमले ३२ रन जोडे । इंल्याण्डका साम करनले ३ तथा क्रिस जोर्डन र आदिल रशिदले समान दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार