२०८२ चैत २१ गते शनिवार | April 04, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कुल नमूनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस अवधिमा ३० जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार