गृहपृष्ठ नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ ९८ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३६ रुपैयाँ १८ पैसा र बिक्री दर १३६ रुपैयाँ ८१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





