गृहपृष्ठ रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले आज ‘नमस्ते क्रियटिभ फेस्ट’को आयोजना गर्दै
रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले आज ‘नमस्ते क्रियटिभ फेस्ट’को आयोजना गर्दै
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १४ मा रहेको नमस्ते एकेडेमीले विद्यार्थीका अन्तरनिहित क्षमता प्रस्तुतीका लागि ‘नमस्ते क्रियटिभ फेस्ट’को आयोजना गरेको छ । ‘विद्यालय नै विद्यार्थीको पहिलो घर’ भन्ने अवधारणसहित स्थापना भएको उक्त शैक्षिक संस्थाले विद्यार्थीमा अन्तरनिहित क्षमता र व्यवसायिकतालाई बढावा दिने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको जनाएको छ । बालबालिकाहरुको शैक्षिक कृयाकलाप, उनिहरुले सीप तथा क्षमतासँगै उत्पादनहरु अभिभावकले प्रत्यक्ष रुपमा हेर्न पाउने गरी कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल जिग्मे शेर्पाले जानकारी दिए ।
कार्यक्रममा प्रि-प्राइमेरी देखि १२ कक्षासम्मका ४ सय बढी विद्यार्थीहरुले आईटी सम्बन्धि खेलहरुका साथै आफूले तयार पारेका खानाका परिकार, साँस्कृतिक प्रस्तुती लगायतका प्रतिभाहरु प्रस्तुत गर्ने छन् । कार्यक्रम बारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन मार्फत बोल्दै विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले विद्यार्थीहरुको इन्नोभेसन कृयाटिभिटी, लिडरसिप र ब्यबसायिकतालाई बढावा दिने उद्देश्यले कार्यक्रम गर्न लागिएकोे बताउनुभयो । बेलायतको विद्यालयमा पढाइने इनोभेसन तथा व्यावसायिक विषयलाई केन्द्रमा राखी स्थानीय परिवेशसँग एकीकृत गरी कक्षा सञ्चालन गरिएको समेत उहाँले बताउनुभयो ।
हरेक ब्यक्तिसंग केही न केही प्रतिभा हुने तर सिमित बिषयमा मात्र कार्यक्रम गर्दा विद्यार्थी छुट्ने भन्दै स्वतन्त्र रुपमा विद्यार्थीहरुले कुनैपनि बिषय मा आफ्नो कला प्रष्फुटनका लागि अवसर पाउने र हरेक क्षेत्रमा बालबालिकाहरुलाई अगाडी बढ्न, केही गर्न यो कार्यक्रमले प्रोत्साहित गर्ने कुवंरले जानकारी दिनुभयो । विधालयमा कार्यरत बृटिस शिक्षक मार्टिन स्कार्बकको संयोजनमा हुन लागेको कार्यक्रममा मार्टिनले बिधार्कोर्थीको सृजनात्मक क्षमता, ब्यवस्थापन र नेतृत्वमा संचालित यो कार्यक्रम मोफसलको पहिलो भएको दाबी गर्नुभयो ।
विद्यार्थीहरुको रुचि र क्षमता अनुसार गायन, नृत्य, नाटक, आर्ट, काफ्ट, पेन्टिं, कम्प्युटर गेम, हन्टेज हाउस, खाना महोत्सव लगायतका कार्यक्रमहरु हुने संस्थाका संचालक कुवंरले जानकारी दिनुभयो । ‘दिगो विकासको अवधारणलाई आत्मसात गर्दै यस कार्यक्रममा प्रयोग हुने अत्यधिक सामग्रीहरु प्रयोग र पुन प्रयोगको अवधारणामा तयार पारिएको संचालक कुवंरको भनाई छ । हरेक विद्यार्थीमा फरक किसिमको सृजनात्मकता नवीनता र नेतृत्व क्षमता रहेका हुन्छन्, त्यसलाई बाहिर ल्याउने काम हामीले गरेका छौं । उहांले भन्नुभयो ’आज हुने कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, वन तथा सिंचाइ मन्त्री बीरबहादुर रानाको अवलोकन गर्ने कार्यक्रम रहेको समेत उहांले बताउनुभयो ।






