२०८३ जेठ १० गते आइतवार | May 24, 2026

गृहपृष्ठ कस्तो रहनेछ आज देशभरको मौसम हेर्नुहोस्

कस्तो रहनेछ आज देशभरको मौसम हेर्नुहोस्

काठमाडौं । अहिलेको मौसममा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ।

दिउँसो प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि अनुमान महाशाखाले गरेको छ। राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ। महाशाखाका अनुसार तराईमा हुस्सु र हिमालमा हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार